खुल्ला भलिबल प्रतियोगितामा वाईसिएल बाँके प्रथम

कोहलपुर ।

बाँकेमा २८ औं जनयुद्ध दिवसको अवसरमा भएको खुल्ला भलिबल प्रतियोगितामा वाईसिएल बाँके प्रथम भएको छ । फागुन १ गतेबाट सुरु भएको खुल्ला भलिबल प्रतियोगितामा वाईसिएल बाँके प्रथम भएको हो ।

यस्तै होटल व्यवसायी बाँके द्धितीय, ब्राइटलाईट कोहलपुर तृतीय भएका थिए । प्रथम हुनेलाई ५० हजार, द्धितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई २५ हजार रकम सहित मेडल र प्रमाण पत्र समेत दिइएको थियो ।

सो कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान), नेकपा (माओवादी केन्द्र) का नेपालगञ्ज उपमहानगरपालिका अध्यक्ष रत्न शाही, अखिल नेपाल ट्रेड यूनियन बाँकेका अध्यक्ष बसन्त मल्ल, प्रेस सेन्टर बाँकेका सह सचिव डिल्ली शाही लगायत उपस्थित रहेको थियो ।