चित्रकला प्रतियोगितामा सिद्धार्थमावि प्रथम

भगवती पोख्रेल, कोहलपुर ।

कोहलपुर नगरपालिकामा भएको चित्रकला प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत आषिस परियार प्रथम भएका छन् ।

मंगलबार कोहलपुर नगरपालिका २ शिवशक्ति आधारभुत विद्यालयमा भएको चित्रकला प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत आषिस परियार प्रथम भएका हुन् ।

जसमा शिवशक्ति आधारभुत विद्यालयमा अध्ययरत जनक रोकाय द्धितीय, सरस्वती माध्यमिक विद्यालयमा अध्ययरनत सुजन शाही तृतीय र त्रिभुवन नमूना माविका गुराश चन्द सान्त्वना भएका हुन् ।

कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र शिव शक्ति आधारभूत विद्यालयको समन्वयमा चित्रकला प्रतियोगिता भएको हो । चित्रकला प्रतियोगितामा कोहलपुर नगरपालिका भित्रका १७ वटा विद्यालयहरु सहभागि रहेका थिए ।

यस्तै कोहलपुर नगर शिक्षा प्रमुख रामवहादुर हमालले प्रतियोगिताबाट विद्यार्थीको चौथर्फि विकास हुने र विद्यार्थी भित्र लुकेर बसेका प्रतिभालाई प्रस्फुटन गराउने वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सचिव वालकुमार शर्मा, हरिश्चन्द्र वुढाथोकी लगायतको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले जानकारी दिए । विजेतालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।