कृषि विद्युतको महसुल पालिकाले तिर्ने

सर्लाही ।

चन्द्रनगर गाउँपालिकाले कृषि विद्युत महसुल तिर्ने भएको छ ।

गाउँपालिकाभित्रको कृषि विद्युतीकरणमार्फत सिचांईका लागि प्रयोग हुने विद्युत महसुल पालिकाले तिर्ने सो गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

किसानले जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनेछन् र सोही अनुसार गाउँपालिकाले एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बिल भुक्तानी गर्ने उनले बताए ।