सर्लाही ।
चन्द्रनगर गाउँपालिकाले कृषि विद्युत महसुल तिर्ने भएको छ ।
गाउँपालिकाभित्रको कृषि विद्युतीकरणमार्फत सिचांईका लागि प्रयोग हुने विद्युत महसुल पालिकाले तिर्ने सो गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।
किसानले जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनेछन् र सोही अनुसार गाउँपालिकाले एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई बिल भुक्तानी गर्ने उनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन २ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्