उप-मेयर छात्रा क्रिकेट कप : त्रिभुवन नमूना मावि ५८ रनले विजयी

डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुर यू–१८ छात्रा क्रिकेट कप प्रतियोगितामा त्रिभुवन नमूना माध्यमिक विद्यालयले विजय हासिल गरेको छ । कोहलपुर ११ स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको त्रिभुवन नमूना माविले २० ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाई विजयी हासिल गरेको हो ।

१५६ रनको लक्ष्य पछ्याएको सगरमाथा ज्ञापुञ्जले २० ओभरमा ८ विकेट गुमाएर ९८ रन मात्र बनाउन सफल भयो । त्रिभुवन नमूना माविकी कप्तान शोयता सुवेदीले १८ रन, सुत्री बुढाले २५ रन र सुहाना घर्तीले १९ रन ल्याएकी थिइन् । यस्तै सगरमाथा ज्ञापुञ्जकी कप्तान सरिता जिसीले ३८ रन बनाएकी थिइन् ।

प्रतियोगितामा विजयी हुने त्रिभुवन नमूना माविलाई २१ हजार र दोस्रो स्थान ल्याएको सगरमाथा ज्ञानपुञ्जलाई ११ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । खेलको बेस्ट प्लेयर अफ दी म्याच सगरमाथा ज्ञापुञ्जकी कप्तान सरिता जीसीले १ हजार नगदसहित ट्रफी प्राप्त गरिन् ।

कोहलपुर नगर खेलकुद विकास समितिको आयोजनामा माघ २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ९ वटा विद्यालय सहभागि भएका थिए ।

जसमा कोहलपुर वागेश्वरी, ज्ञानज्योति मावि चप्परगौडी, सगरमाथा ज्ञानपुञ्ज, गोर्खा यूनाईटेड पब्लिक स्कुल, ज्ञाज्योति मावि वगिया, जनज्योति पब्लिक मावि एनसीसीएन, त्रिभुवन नमूना मावि, बालशिक्षा मावि र ग्रिन पिस मावि सहभागी छन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष लगायत खेल प्राविधिकहरु समेत सहभागि रहेका थिए ।