Kohalpur Today Header Ads

कोहलपुरमा हात्तिको आक्रमणबाट उपाध्याय घाइते, हात्ति नियन्त्रण बाहिर




कोहलपुर ।

कोहलपुर नगरपालिका १३ खड्कवारमा रहेको हात्तिसारमा रहेको गणेशराज हात्तिले कृष्ण प्रसाद उपाध्यायलाई आक्रमणबाट घाइते भएका छन् ।

आन्तरिक पर्यटक घुमाएर बान्ने क्रममा उनलाई आक्रमण गरेको हाक्तिसारका इन्चार्ज पुष्प कुमालले कोहलपुर टुडेलाई जानकारी दिए । ‘अहिले हात्ति नियन्त्रण बाहिर छ,’ उनले भने, गाउँ गाउँमा खबर गरिसकेका छौ ।’ उपाध्याय विगत २०७४ सालदेखि गणेशराज भन्ने नामक हात्तिको माहुते हुन् ।

LIfe Ok

उपाध्यायलाई खुट्टाको तिख्रामा दातले हानेपछि ब्लडिङ्ग भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको हात्तिसारका ईन्चार्ज कुमालले जानकारी दिए । उपाध्यालाई आक्रमण गर्ने क्रममा बा १७ च ८७९ नम्बरको कारमा समेत क्षति पुर्‍याएको कुमालले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार