यौनजन्य क्रियाकलापमा लगाएको आरोप लागेका होटल सञ्चालक पक्राउ

बुटवल ।

युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको आरोप लागेपछि फरार रहेका रुपन्देहीका एक होटल सञ्चालक पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र उनले सञ्चालन गर्ने रेष्टुरेन्टमा काम गर्ने पुजा बिक पक्राउ परेका हुन् । पराजुली २ वर्षदेखि फरार रहेका थिए ।

२०७६ सालमा बुटवलको राजमार्ग चौराहामा वेलकम रेष्टुरेन्ट सञ्चालन गरेका पराजुलीले कामदारका रुपमा पूजा विकलाई राखेका थिए ।

केही युवतीले आफूहरुलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको भन्दै पूजाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
त्यसपछि पुजाले उक्त होटल आफूले सञ्चालन गरेको नभई तुलसीराम पराजुलीको भएको प्रहरीसामु बताएपछि प्रहरीले पराजुलीको खोजी गरेको थियो ।

बुटवलमा हालैमात्र सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले पराजुलीको पुरानो फाइल खोजेर अनुसन्धान अघि बढाएका हुन् ।