फोहरमा पनि सुन फल्छ !

देउखुरी ।

मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर, मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो ।

भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आएका छन् । उनलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ ।

उनले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उनले सुनचाँदी पसल अगाडि सडकको धुलो बढार्छन् । सडक किनाराको नालीको फोहर पनि उठाएर भाँडोमा राखेर लैजान्छन् । सडकको धुलो र नालीको फोहर नजिकैको फोहर पानी बगिरहेको खाेलामा लगेर मज्जाले धुन्छन् । धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्छन् । उनको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आएकी छिन् ।

error: Content is protected !!