धितालको छाउगोठकी आमा लोकार्पित

काठमाडौँ ।

कवि जानु धितालको छाउगोठकी आमा कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजको आयोजनामा सिलौटो रेस्टुरेन्ट अनामनगर, काठमाडौँमा आयोजित कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो ।

सो कृतिको साहित्यकारहरू पवन आलोक, स्नेह सायमि, श्रीओम श्रेष्ठ रोदन, नगेन्द्रराज शर्मालगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।

सो कृतिको समीक्षा गर्दै डा. शान्तिमाया गिरीले कवितामा नारी चेतना, सामाजिक विसङ्गति, नेपालको दुर्गम क्षेत्रमा अवशेष रहेको कुसंस्कारबारे चेतना फैलाउन आगोको झिल्का बनेर छाउ गोठकी आमा कविता सङ्ग्रह आएको बताइन् ।