गोरखा युनाईटेडको १०औं वार्षिक अभिभावक दिवस (फोटो फिचर)

प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले १० औं वार्षिक अभिभावक दिवस मनाएको छ ।

विद्यालयको २२ औं वर्षको प्रवेश गरेको अवसरमा विद्यालयले १० औं वार्षिक अभिभावक दिवससँगसंगै विभिन्न शैक्षिक प्रदर्शन समेत गरेको थियो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले १० औँ वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रर्दशनी कार्यक्रममा उद्घाटन गरेका थिए ।


उद्घाटन गर्दैै नगर प्रमुख आचार्यले कोहलपुरको शैक्षिक हव बनाउन यस विद्यालयले उदारणिय काम गरेको बताए ।

कार्यक्रममा बालबालिकाहरुले विज्ञान कला, कृषि, औजार, हस्तकला लगायतका दर्जन बढि स्टलहरुमार्फत अभिभावक तथा नगर प्रमुख आचार्यले अवलोकलन गरेका थिए ।

अवलोकन गर्दै नगर प्रमुख आचार्यले बालबालिकाका क्षमता, रचनात्मक क्रियाकलापलाई निरन्तरताका लागि नगरपालिकाले छुटैै प्रकारको योजना ल्याउने भन्दै प्रतिबद्धता समेत व्यक्त गरे ।

बालबालिकाहरुले पे्रसर, सुगर जाच्ने विज्ञान प्रयोगशाला, कृषि प्रयोगशालादेखि बिद्युतिय मेट्रो रेल लगाएत रचनात्मक र सिर्जनात्मक प्रस्तुत गरेका थिए ।

‘गर र सिक’ भन्ने मुल मन्त्र अनुसार बालबालिकालाई रचनात्मक र सिर्जनात्मक रुपमा विज्ञान प्रयोगशाला, कृषि प्रयोगशालादेखि बिद्युतिय मेट्रो रेल लगायतका क्रियाकपलामा सक्रिय रुपमा लगाउन सफल भएको भन्दै नगर प्रमुख आचार्यले प्रसंसा गरे ।

यस्तै विद्यालयका विव्यस अध्यक्ष तथा सञ्चालक केशर बहादुर आलेले राष्ट्रको विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर शिक्षण पद्धतीमा तथा सिद्धान्तमा आधारित क्रियाकलापहरु सञ्चालन भइरहेको बताए ।

यस्तै कार्यक्रममा बाँके जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी टोप बहादुर के.सी., बैजनाथ गाउपालिका प्रमुख प्रकाश शाही, कोहलपुर नगर उप प्रमुख संगिता सुबेदी, बैजनाथ गाउपालिका उपाध्यक्ष निर्मला रोकाया, नेपाली सेनाका सेनानी बालकृष्ण कार्की, प्रधानाध्यापक, अभिभावक, जनप्रतिनिधि, विद्यार्थी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।