उद्घाटनको शिलालेख खुइलियो, चलेन कृषि बजार

विराटनगर ।

१४ करोड सरकारी लगानीमा तयार भएको फलफूल तथा तरकारी बजार व्यक्तिगत टकरावका कारण अलपत्र परेको छ ।

विराटनगरलाई लक्षित गरेर कटहरी गाउँपालिका–१ मा निर्मित फलफूल र तरकारीको थोक बजार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा उद्घाटन गरेका थिए ।

ओलीले अनावरण गरेको शिलालेख अहिले खुइलिसकेको छ भने बजारको भौतिक संरचना भत्कन थालेका छन् । बजार सञ्चालन भने अझै अनिश्चित छ ।