यसरी गरिँदैछ त्रिचन्द्र क्याम्पस पुनर्निर्माण (तस्बिरहरू)

काठमाडौं ।

काठमाडौंको त्रिचन्द्र क्याम्पसका भवन पुनर्निर्माणको काम सुरू भएको छ ।

जीर्ण भइसकेको क्याम्पस भवन पुनर्निर्माणको काम धमाधम अघि बढाइएको हो । ३४ करोड ६७ लाख लगानीमा दुई वर्षभित्र सक्ने गरी भवन पुनर्निर्माणको काम अघि बढाइएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भवन पुनर्निर्माणको काम अघि बढाएको हो ।

भवन जीर्ण भएकोले पुनर्निर्माण गर्न विद्यार्थीहरूले पटक/पटक प्रदर्शनसमेत गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।