सुदूरपश्चिमका मुख्यमन्त्री शाह र थप दुई मन्त्रीले लिए शपथ

धनगढी ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् ।

शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराए । नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्ति दुई मन्त्रीले पनि आजै शपथ लिए ।