चितवनको जलदेवी सामुदायिक बनको जिप लाइन अवैध रुपमा सञ्चालन




चितवन ।

चितवनको जलदेवी सामुदायिक वनमा सञ्चालनमा आएको जिप लाइन अवैध भएको पाइएको छ । पर्यटन विभागबाट अनुमतिसमेत नलिइकन जीप लाइन सञ्चालन गरिएको पाइएको हो ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९४ अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल र क्रियाकलापहरू सञ्चालन गर्नुपूर्व पर्यटन विभागबाट इजाजत लिनुपर्ने व्यवस्था छ । तर सो सामुदायिक वनले विभागबाट अनुमति इजाजत नलिइ जिप लाइन चलाउने अनुमति लिएको छैन ।

सामुदायिक वनका एक पूर्व अध्यक्षले जिप लाइन सञ्चालनको अनुमति नलिएको बताए । वनले डिजिजन बन कार्यालय चितवनसँग सहमति लिएर जिप लाइन चलाएको बताउँदै आएको छ ।

यसबारेमा बुझ्न खोज्दा सामुदायिक वनका पदाधिकारी ४८ क्यूफिट सालको काठ लुकिछिपी राखेको अवस्थामा भेटिएपछि फरार छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रबार