अब जहाजमा उडिरहेका बेला इन्टरनेट चलाउन पाइने !

काठमाडौं ।

जहाजमा उडिरहँदा अब मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार ’इनफ्लाइट कम्युनिकेसन’ सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको छ जसअनुसार यो सेवा पाइने भएको हो ।

अहिलेको व्यवस्थाअनुसार नेपाली आकाशमा जहाजमा उडिरहँदा यात्रुहरूले आफ्नो मोबाइल वा अन्य विद्युतीय उपकरण ’फ्लाइट मोड’ मा राख्न अनिवार्य गरिएको छ ।

इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवामार्फत यात्रुहरूले जहाजमा उडिरहेको बेला पनि मोबाइल चलाउन र इन्टरनेट प्रयोग गर्न पाउने भएका प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले बताए ।