काठमाडौं ।
जहाजमा उडिरहँदा अब मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार ’इनफ्लाइट कम्युनिकेसन’ सम्बन्धी अन्तरिम निर्देशन जारी गरेको छ जसअनुसार यो सेवा पाइने भएको हो ।
अहिलेको व्यवस्थाअनुसार नेपाली आकाशमा जहाजमा उडिरहँदा यात्रुहरूले आफ्नो मोबाइल वा अन्य विद्युतीय उपकरण ’फ्लाइट मोड’ मा राख्न अनिवार्य गरिएको छ ।
इनफ्लाइट कम्युनिकेसन (आइएफसी) सेवामार्फत यात्रुहरूले जहाजमा उडिरहेको बेला पनि मोबाइल चलाउन र इन्टरनेट प्रयोग गर्न पाउने भएका प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्