मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं ।

माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो ।

जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।