रुपन्देही ।
रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ ।
जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रवार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।
जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए ।
उजुरीपछि फरार शिक्षकलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्