उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिताकाे तयारी पुरा, भाेलि देखि सुरू

कोहलपुर ।

काेहलपुर नगरपालिकामा ५औ अन्तर माध्यमिक विद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट कप प्रतियोगिताकाे तयारी पुरा भएकाे छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै ५औ अन्तर माध्यमिक विद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट कप प्रतियोगिताकाे तयारी पुरा भएकाे कोहलपुर नगर खेलकुद विकास समितिका संयाेजक बुद्दि थापा मगरले जानकारी दिएका थिए ।

कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापन गर्ने छ ।

काेहलपुर नगरपालिकाका सामाजिक विकास संयाेजक ईश्वरी प्रसाद विश्वकर्माले छात्रा क्रिकेटकाे उदगम स्थल काेहलपुर भएकाेले उत्कृष्ट छात्रा उत्पादनमा प्रतियाेगिताले सहयाेग गर्ने बताए । अब काेहलपुरमा महिला छात्रा क्रिकेट एकेडेमीकाे बहुआयामिक भवन बन्दै छ, त्यसका लागि समेत यस प्रतियाेगिताले ठुलाे सहयाेग गर्ने सामाजिक विकास संयाेजक विश्वकर्माले बताए ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले खेलकुद र शिक्षा संगसंगै लिनुपर्नेमा जाेड दिएका थिए । काेहलपुरकाे पहिचान क्रिकेट भएकाेले यसलाइ नगरपालिकाले प्रमुख एजेण्डाका रूपमा हेरिरहेकाे र आगामी बर्षहरूमा बजेट समेत बृद्धि गरिने ढकालले बताए ।

ढकालका अनुसार छात्रा क्रिकेट प्रतियोगिता आइ सि.सिको नियम अनुसार डियुज बल खेलाइने छ । छात्रा क्रिकेट प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमशः २१ हजार र ११ हजार नगद सहित ट्रफी र मेडल प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाले बताए ।  प्रतियोगिता माघ २६ देखि २८ गतेसम्म चल्नेछ ।