भूकम्पमा टर्किस गोलकिपरको मृत्यु




काठमाडौं ।

टर्किस गोलकिपर अहमेत एयुप तुकास्लानको आफ्नै देशमा भूकम्पमा परेर मृत्यु भएको छ ।

अहमेतको मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ८ हजारले ज्यान गुमाएका छन् ।

‘हाम्रा गोलकिपर अहमेट एयुप तुकास्लान भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली,’ क्लबले आफ्नो ट्वीटरमा लेखेको छ, ‘ सुन्दर व्यक्ति तपाईलाई हामी बिर्सने छैनौं ।’

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधबार