मुुस्ताङमा अचानक विद्युत सर्ट हुदा घरमा आगलागी

पोखरा ।

मुस्ताङको थासाङ गाउँपालिका ३ कालोपानी, लेतेमा गत माघ २२ गते अचानक विद्युत् सर्ट हुँदा घरमा आगलागी भयो ।

आगलागीबाट ढकबहादुर तुलाचनको २ तले घर पूर्ण रूपमा क्षति भयो । दिउँसोमा लागेको आगो निभाउन स्थानीयहरूले बाल्टी तथा पाइपबाट पानी लगेर कोसिस गरे । तर आगो निभ्न सकेन । २ घर पूरै खरानी भए ।

लेते मुस्ताङको कुनै विकट गाउँ होइन । मुस्ताङको चल्तीकै बजार हो । जिल्लाको प्रमुख सडकको किनारको घरमा लागेको आगो निभाउन नगएको होइन, जिAल्लामा दमकलै नभएको हो । मुस्ताङका ५ वटै पालिकामध्ये कसैसँग पनि दमकल छैन ।

उक्त घटनाका बारेमा मुस्ताङबाट निर्वाचित प्रदेश सभा सांसद विकल शेरचनले आगो नियन्त्रण गर्न दमकल नहुँदा समस्या परेको बताए ।

गण्डकी प्रदेश सभाको मङ्गलवारको बैठकको शून्य समयमा बोल्ने क्रममा शेरचनले मुस्ताङ जिल्लाभर एउटा पनि दमकल नभएको जानकारी दिए ।