९ बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही, चार वटालाई ५०/५० लाख जरिवाना

काठमाडौं ।

राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै कारवाही गरेको छ ।

प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई), प्राइम कमर्सियल सम्पत्ति शुद्धीकरणमा गम्भीर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ ।

अन्य नियमहरू पालना नगरेको आधारमा माछापुच्छ्रे , सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंकलाई कारबाही गरेको हो । यी बैंक तथा यसका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो ।