साथीको नक्कली फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा एक पक्राउ

काठमाडाैं ।

साथीको फेक फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँ बस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले अष्ट्रेलियामा रहेकी साथीको नाममा नक्कली फेसबुक आइडी बनाएकी थिइन् ।

उक्त आइडीको दुरूपयोग गरेर केटा साथीहरूसँग कुराकानी गरी विभिन्न समस्याहरू देखाउने गरेकी थिइन्। समस्या देखाएर उनले पैसा लिने गरेको पनि प्रहरीले जनाएको छ ।