बुटवनल ।
लुम्बिनीमा राष्ट्रिय सभा सदस्य एक पदका लागि बुधवार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । बुधवार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि व्यवस्था मिलाएको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा एक सिटका लागि निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । एमाले उम्मेदवार कुमार दसौदी,प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्