शुल्क र आवेदन बुझाउने म्याद फरक हुँदा मारमा विद्यार्थी




काठमाडौँ ।

चिकित्सा शिक्षा स्नातक तह पढ्नको लागि आवेदन दिने म्यान आज सकिँदै छ । बेलुका ५ बजेसम्मका लागि आवेदन दिन सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ । तर, आवेदन शुल्क बुझाउने म्याद भने २२ माघमै सकिएको छ । जसले गर्दा धेरै विद्यार्थीहरू एकीकृत प्रवेश परीक्षा आवेदन फाराम भर्नबाट वञ्चित भएका छन् ।

पुस १८ गते शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सूचना जारी गरेको थियो ।

जसअनुसार फाराम पेस गर्ने अन्तिम मिति आज बेलुका ५ बजेसम्म तोकिएको थियो । तर, बैंकमा आवेदन शुल्क दाखिला गर्ने अन्तिम मिति भने २२ माघ २०७९ बेलुका ५ बजेसम्मका लागि तोकिएको थियो । फाराम भर्ने र आवेदन शुल्क बुझाउने मिति फरक फरक हुँदा कैयौँ विद्यार्थी फाराम भर्नबाट वञ्चित भएका छन् ।

उनीहरूले आयोगको कार्यालय पुगेर आजसम्म नै आवेदन शुल्क बुझाउने समय दिन माग गरेका छन् । अनेरास्ववियु केन्द्रीय सदस्य गोरख केसीले पैसा बुझाउने र फाराम भर्ने मिति एकै दिन होला भन्ने सोचमा रहेका विद्यार्थीहरू अहिले फाराम भर्नबाट वञ्चित भएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार