काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो प्रणालीहरुको मर्मतसम्भार र स्तरीकरणमा गम्भीर लापरबाही गर्ने गरेको भेटिएको छ । गत ३ माघको मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भएपछि त्यसबारे अध्ययन गर्न बनेको छानबिन समितिले टेलिकमले परिणामको आकलनसमेत नगरी अनुपयुक्त समयमा मर्मतका काम गर्ने गरेको भेटएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरब गिरीको नेतृत्वमा बनेको छानबिन समितिले टेलिकम आफ्नो सेवा अवरुद्ध हुनसक्ने कुरामा सचेत नरहेको निष्कर्ष निकालेको छ ।
समितिका एक सदस्यका अनुसार ३ माघमा अत्यधिक भ्वाइस ट्राफिक हुने ‘पिक टाइम’ अर्थात् धेरै फोन कल, एसएमएस र डाटा प्रयोग हुने समयमै टेलिकमले आफ्नो बिलिङ प्रणालीमा मर्मतको काम गरेको पाइएको छ । सम्भावित परिणाम समेत आकलन नगरी मर्मतको काम गर्दा तत्कालै सेवा सुचारु समेत हुन नसेकेको ती सदस्यले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्