अनलाइन दुर्व्यवहारमा बालबालिका, थाहा छैन बच्ने उपाय

काटमाडौं ।

प्रतिशत बालबालिकालाई अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपाय थाहा नभएको तथ्याङ्कले देखाएको छ ।

भ्वाईस अफ चिल्ड्रेन र इपी लक्जम्वर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समुहका ४५२ बालबालिकासँग गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपायबारे थाहा नभएको भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले जानकारी दिए।

भ्वाइस अफ चिल्ड्रेनले आयोजना गरेको अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका कार्यक्रममा सामाजिक सञ्जालहरु फेसबुक, म्यासेन्जर, टिकटिक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स, रेडिटलगायतका सामाजिक सञ्जाल प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरु अनलाइनबाट हुने बाल दुर्व्यवहारका बारेमा जानकारी दिइएको थियो ।

पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका थापाले जानकारी दिए ।