काेहलपुर ।
राष्ट्रिय अनुसन्धान विभाग (गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् । हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गरेको हो ।
खरेल विभागमा अतिरिक्त अनुसन्धान निर्देशक थिए । उनले आगामी ९ महिना विभागको नेतृत्व गर्नेछन् ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । एसिडपीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्