गुप्तचर प्रमुखमा खरेल

काेहलपुर ।

राष्ट्रिय अनुसन्धान विभाग (गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् । हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गरेको हो ।

खरेल विभागमा अतिरिक्त अनुसन्धान निर्देशक थिए । उनले आगामी ९ महिना विभागको नेतृत्व गर्नेछन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । एसिडपीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।