विपद् जोखिम व्यवस्थापन अभ्यास तालिम (फाेटाे फिचर)




कोहलपुर ।

कोहलपुर नगरपालिकाले एक दिने विपद् जोखिम व्यवस्थापन अभ्यास तालिम दिएको छ । कोहलपुर नगरपालिकाले एक दिने विपद जोखिम व्यवस्थापन तालिम दिइएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत टिकाराम ढकाल र वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दयाराम विकले तालिमको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै प्रमुख प्रशाकीय अधिकृत टिकाराम ढकालले भुकम्प बाहेक अन्य विपद्का घटनालाई विज्ञान प्रविधिले जानकारी भएको हुनाले त्यसको न्यूनिकरण गर्नका लागि सो तालिम दिएको बताए ।

कहिले शित लहर, कहिले बाढि जान्छ, कहिले डुबान हुन्छ लगायत अन्य विषयहरु विज्ञान प्रविधिबाट थाहा पाइन्छ उनले भने त्यसको आधारमा हामीले विपद् जोखिम कम गर्नका लागि आज तालिम दिइएको छ । सो तालिममा सिकेका विषयहरुलाई आ-आफ्नो विद्यालयका बालबालिकाहरुलाई सिकाउनका लागि उनले अनुरोध गरे ।

यस्तै वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुरुषोत्तम पोख्ररेलले तत्काल उद्धारमा सहयोग पुग्ने गरी आज तालिम दिन लागेको बताए । तालिम लिएको र नलिएको व्यक्तिमा धेरै फरक हुन्छ उनले भने त्यसैले विपद् जोखिम व्यवस्थापन अभ्यास तालिम दिएको छ ।

तालिमका प्रमुख प्रशिक्षक गोविन्द प्रसाद वाग्लेले विपद् व्यवस्थापनमा प्रयोग हुने ५६ वटा सामाग्रीहरुको कसरी प्रयोग गर्ने, कसरी सञ्चालन गर्ने, मानिसहरुको कुन स्थानबाट कसरी उद्दार गर्ने लगायतका विषयमा तालिम दिएका थिए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले समापन कार्यक्रममा बोल्दै मौसम अनुसार विपद्हरु आउँछन् र त्यसको न्यूनिकरण गर्नका लागि तालिम महत्वपूर्ण भएको बताए । कोहलपुर नगरपालिका भित्र विपद् आइपरेको बेलामा तालिम लिएको व्यक्तिहरुलाई नै परिचालन गर्नेे समेत बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २१ गते बुधबार