टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै संकटकाल घोषणा

काठमाडौं ।

टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ ।

टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ । बीबीसीका टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको जनाएको छ ।

मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् ।