मृतकका आफ्न्तद्धारा कोहलपुर चौराह बन्द

कोहलपुर ।

बाँकेको कोहलपुर चौराहमा मृतकका आफ्न्तहरुले बन्द गरेका छन् । शुक्रबार राती कोहलपुरमा भएको सडक दुर्घटनामा कोहलपुर ११ का जय प्रकाश घर्तीको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको थियो ।

पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको भे ७ प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।

धर्तीका आफन्तहरुले कोहलपुर इलाकामा वाता बसेका थिए तर वार्ता नमिलेको कोहलपुर चौराह नै बन्द गरी विरोध जनाएका छन् ।