गाभर भ्यालिमा सल्यानी समाजको वनभोज

कोहलपुर ।

सल्यानबाट बसाई सराई, जागिरि र व्यापार व्यवसायका लागि बाँकेमा आएर बसोबास गरेका सल्यानीहरुले गाभर भ्यालिमा बनभोज कार्यक्रम गरेका छन् । सल्यानीहरुले एक आपसमा माया, प्रेम, र सद्भाव कायम गराउने उद्देश्यले सल्यानी समाज बाँकेले वनभोज कार्यक्रम गरेको हो ।

सल्यानी सेवा समाज र सल्यानी समाज बाँके वीचको एकिकरण गरी पश्चात वनभोज कार्यक्रम गरिएको हो । एकआपसमा दुख, पीडा तथा अनुभव आदानप्रदान, दाजुभाई, दिदीबहिनी, आमाबुवाहरु एक आपसमा भेटघाट तथा भलाकुसारी, माया, स्नेह साटासाट गरेको सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले बताए ।

यस्तै वनभोज कार्यक्रममा बाँकेका ८ पालिकाबाट करिब ३ सय भन्दा बढिको सहभागिता रहेको सल्यानी समाज बाँकेका महासचिव शालिकराम परियारले बताए ।

वनभोज कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, पूर्व डिएसपी, अधिक्क्ता, उद्योगी, व्यापारी, समाजसेवी, राजनितिज्ञ पत्रकार लगायत सल्यानी दाजुभाइ र दिदिबहिनीको उपस्थिति रहेको थियो । वनभोज कार्यक्रमले सल्यानीहरु वीच एकताको सन्देश दिएको सल्यानी समाज बाँकेका महासचिव परियारले बताए ।

वनभोज कार्यक्रममा २० जनाभन्दा बढिलाई मायाको चिसो समेत प्रदान गरिएको थियो ।