कोहलपुरमा सडक दुर्घटना, स्कुटी चालककाे घटना स्थलमै मृत्यु

File Photo

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-३ मदनचोकमा सडक दुर्घटनामा परि एकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पश्चिमतर्फ जाँदै गरेको रा १ क १३५६ नम्बरकाे ट्रक र पूर्व आउँदै गरेको भे ७ प ८४३१ नम्बरकाे स्कुटी एकआपसमा ठोक्किदा दुर्घटनामा घटना स्थलमै मृत्यु भएको जनाएको छ ।

मृतक को हो ? भन्ने एकिन भएको छैन । शरिर छेदविछेद भएकोले सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेव बहादुर मल्लले कोहलपुर टुडेलाई जानकारी दिए । अहिले घटना स्थलमा प्रहरी पुगेको छ ।