Kohalpur Today Header Ads

कोहलपुरमा ७ वटा मात्र निजी अस्पताल दर्ता, दर्जन बढि अस्पताल दर्ताबिनै सञ्चालन




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा ७ वटा निजी अस्पताल दर्ता भएको भन्दै स्वास्थ्य शाखाले सार्वजनिक गरेको छ । शुक्रबार मिडियाकर्मी र स्वास्थकर्मीको स्वास्थ प्रवर्द्धन सम्बन्धी पैरवी कार्यक्रममा ७ वटा मात्र निजी अस्पताल मात्र दर्ता भएको र अन्य दर्ताबिनै सञ्चालन भएको तथ्थांक सार्वजनिक गरेका हुन् ।

कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा कानूनी मान्यता प्राप्त नगरी सञ्चालन भएका निजी अस्पतालहरुलाई कारवाही अगाडि बढाउने कोहलपुर नगर स्वास्थ शाखाका प्रमुख ठकुरीले जानकारी दिएका थिए ।

LIfe Ok

‘कोहलपुरका निजी अस्पतालमा अनुगन गरेका थियौं’ उनले भने, ‘अस्पताल निर्माण गर्दा पुर्‍याउने मापदण्ड नपुगेका अस्पताललाई सुझाव दिएर आएका छौं ।’ ‘सुझाव अनुसार पूनः नगरेको पाइएमा कारवाही वा बन्द गर्नेछौं,’ उनले थपे, अहिलेसम्म ७ वटा मात्र निजी अस्पताल स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिका-२०७३ अनुसार दर्ता भएका छन ।’ कोहलपुर नगरपालिकामा अझै दर्जनभन्दा बढि निजी अस्पतालहरु मापदण्ड विपरीत सञ्चालन भएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले जानकारी दिएका थिए ।

यस्तै सामाजिक विकास संयोजक ईश्वरी प्रसाद विश्वकमाल कोहलपुरका सबै निजी अस्पतालहरुमा अनुगमन तथा नियमन गरिरहेको बताए । ‘कोहलपुरमा अहिलेसम्म २५ वटा अस्पतालभन्दा बढिको फाइल आएको छन् तर अनुमति दिन नमिल्ने खाल्का छन,’ उनले भने, ‘कतिपय निर्माण हुने चरणमा छन्, कतिपय प्रदेश, केन्द्र, घरेलु जस्ता अन्य संघसंस्थाहरुमा दर्ता भएका तर नगरपालिकामा दर्ता नभएका छन ।’

१० वटा भन्दा बढि नविकरण नगरेका तर कम्पनीमा दर्ता गरी सञ्चालन भएका समेत रहेका छन् । प्रयाजसो निजी अस्पतालमा खानेपानी, शौचालय, डाक्टरहरुको मान्यता नभएको, डाक्टर उपलब्ध नभएको लगायतका समस्या रहेको सामाजिक विकास संयोजक विश्वकर्माले बताए । काेहलपुर नगरपालिकामा अहिलसम्म कर्णाली अस्पताल, काेहलपुर सिटि अस्पताल, श्रीअगा हस्पिटल, बाँके डेन्टल क्किल्निक, काेहलपुर आँखा उपचार केन्द्र, हिमालय अमृत अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर नगरपालिकामा दर्ता भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार