काेहलपुर ।
जुम्ला जिल्ला प्रशासन कार्यालयअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याकाे प्रयास गरेका छन्।
काेहलपुर १० घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन।
४० वर्षका कार्कीले पेट्राेल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएकाे छ। काेहलपुर नगरपालिका १० का कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन्।
‘या देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ,’ कार्कीले भने, ‘रवि लामिछाने जस्ताे मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्