Kohalpur Today Header Ads

सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु




वीरगञ्ज ।

सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सर्लाही लालबन्दी नगरपालिका– १७ रानिगंज डाडाँटोल बस्ने ३३ वर्षीय राजकुमार महतो र भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी एक बस्ने संजिव कुमारको ६ वर्षीय हेमन्तको कुमार मृत्यु भएको हो ।

LIfe Ok

बुधबार दिउँसो लालबन्दीको डाँडाटोल स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ३१२९ नं. को बोलेरो पिकअपले विपरीत दिशाबाट गइरहेको प्र २–०२–००२ प ९२५३ न.को मो.सा.लाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक राजकुमारको दुबै खुट्टा, दाहिने हातको पाखुरामा चोट लागेर गम्भीर घाइते भएका थिए । उद्धार गरेर स्थानीय मोडल हस्पिटलमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

पिकअप चालक २२ वर्षीय मुकेश साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहीबार