चर्चित गायिका ज्योती मगर गितमा झुमे दर्शक

बाँके ।

बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी हुन ।

नेपालगञ्जको चिसो मौसममा उनी सहित गायिका उमादेवी खनाल, डान्सर सिजृना गुरुङ्गले न्यानो प्रस्तुति पस्किएकी प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

संयोजक कंडेलका अनुसार हाल सम्म करिब ७० हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन । आज मात्रै १० हजार खर्शकले अवलोकन गरेका छन । दर्शकको चाप बढ्दै गए पछि स्वाभाविक रुपमा महोत्सव परिसर भित्र राखिएका व्यापारिक, कृषि लगायत वस्तुका स्टलहरुमा समेत टेवा पुगेको छ ।

यस्तै, महोत्सव परिसर भित्र रहेको बालउद्यानले पनि दर्शकलाई महोत्सवमा आउन आकर्षित बनाईरहेको निर्माण, बालउद्यान तथा खानेपानीका संयोजक अमृत प्रसाद सिग्देलले बताए ।

उनले भने, ‘बालउद्यान अहिले बालबालिकाका लागि मात्र नभई ठूला व्यक्तिहरुका लागि पनि मनोरञ्जन गर्ने थलो बनिसकेको छ । महोत्सवमा आउने दर्शकलाई बालउद्यानले आफुतिर आकर्षित बनाउने गरेको छ । यसले दर्शकलाई मनोरञ्जनको छुट्टै अनुभुति गराउने गरेको छ ।’

उनका अनुसार बालउद्यान तर्फ पनि निकै राम्रो व्यापार भईरहेको छ ।

भोलि बिहीबार अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्ने महोत्सव परिसर स्थित सचिवालयले जनाएको छ । खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जायसवाल, गायक गौरब मिश्रा आउने भएका प्रचारप्रसार समिति संयोजक कंडेलले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ६ दिन सम्म जारी रह्ने महोत्सवमा भोलि एमउबी.एम.पी म्पूजिककी दमदार प्रस्तुति समेत रह्नेछ भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायल आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

महोत्सव परिसर भित्र थारु गाँउ समेत छ । दर्शकले थारु परिकार, संस्कृति, नाँचगान, थारु होमस्टेको अवलोकन गरेर समेत मनोरञ्जन लिन सक्नेछन ।