जाजरकोटमा भिरबाट लडेर शाहीको मृत्यु

जाजरकोट ।

जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मर बहादुर शाहीको मंगलवार दिउँसो तिन बजेको समयमा वडा नम्बर ६ पिप्से ससुरालीबाट फर्किदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी भिरबाट अन्दाजि २०० मिटर तल खसेका थिए ।