आज चर्चित गायिका ज्योती मगर आउँदै




बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बुधबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगर, गायिका उमादवी खनाल, डान्सर सिजृना गुरुङ्गको प्रस्तुति रह्ने प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

स्थानिय कलाकार गायक असोक रावलको समेत प्रस्तुति रह्नेछ । दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धन गर्न हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने भोलि कुस्ती प्रतियोगिताको अन्तिम दिन हो ।

बुधबार उद्घोषिका प्रेरणा गिरीले गर्ने र एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्ने कार्यक्रम हुने तय भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधबार