काठमाडौं ।
मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
महासंघकाअनुसार चाँदीको मूल्य आइतबार यता स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्