कपिलवस्तुमा गोरु मार्ने २ जना पक्राउ

कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाका-४ का रमेश नेपाली र आसे रोकालाई गोरु मारेको अभियोगमा पक्राउ गरेको छ ।

शनिबार जंगलमा गोरु कराएको आवाज सुनेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट हल्लानगर चोकमा खटीईएको प्रहरी टोलीले त्रिपालनगरबाट पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार गोरुलाई रुखमा बाँधी बन्चरोले हानी मारेको अवस्थामा फेलापारेको थियो । घटनास्थलबाट पक्राउ परेका रमेश नेपाली र आसे रोकालाई प्रहरी कार्यालयमा लिई थप अनुसन्धान भई रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।