कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको नेपाल ए.पि.एफ. स्कुलले तेस्रो स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
सोमबार सशस्त्र प्रहरी नं. ५ विन्धाबासिनी बाहिनी मुख्यालय रुपेन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले तेस्रो स्थापना तथा अभिभावक दिवसको उद्घाटन गरेका थिए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक भुपेन्द्र केसीले अभिभावकहरुलाई नियमित विद्यालयमा आउन समेत अनुरोध गरेका थिए ।
विद्यार्थीहरुले मार्चपास गरेका थिए भने गत शैक्षिक सत्रमा कक्षागत रुपमा प्रथम, द्धितीय, तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।
यस्तै कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखा, वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्