दाङ ।
तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ ।
जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया र खाजा बनाउने प्रयोजनमा छ ।
गत कार्तिक १७ दिउँसो २ बज्नै लाग्दा चिसो महसुस भएपछि महिला चौकीदार सीता चौधरी (नाम परिवर्तन) किचेनमा पानी तताउन गइन् । उनी किचेनमा पुग्नासाथ पछिपछि पुरूष चौकीदार खुमबहादुर चौधरी पनि पुगे ।
उनले सीतालाई विभिन्न प्रकारका धम्की दिएर बलात्कार गरेको आरोप छ । खुमबहादुरले सीतालाई बलात्कार गर्दा दिउँसोको दुई बजिसकेको थियो ।
खुमबहादुरलाई बाहिर नदेखेपछि कारागारका सुरक्षा प्रमुख सई केशव रेग्मीले खोजतलास गरे । नभेटेपछि उनी किचेनतिर गए ।तर, किचेन छिर्ने ढोकामा चुकुल लगाइएको थियो । उनी भर्याङको छेउमा उभिए ।
केहीबेरमा खुमबहादुर बाहिर निस्किए । त्यसको केहीबेरमा सीता पनि बाहिर निस्किइन् । यतिन्जेल सई रेग्मीले जेलर रम्बा केसीलाई शंकास्पद गतिविधिका बारेमा रिपोर्टिङ गरिसकेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्