काठमाडौं ।
काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ११ बजे सीतापाइलाबाट कलंकी जाने सडकखण्डमा दुर्घटना भएको हो ।
कलंकीबाट सीतापाइला जाँदै गरेको मिनी बस बा २ ख ८३६८ र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ३४२ सुमो गाडी ठोक्किएको थियो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
रशुवा गोशाइकुण्ड–६ घर भई काठमाडौंको पुतलीसडक बस्ने ५१ वर्षीया यायाल्म घलेको दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्