धनगढी
कैलालीमा यसअघि दस पटकसम्म हात्तीपाइले रोग निवारणका लागि अभियान सञ्चालन गरे पनि सफल हुन सकेको छैन । दसौँ पटकसम्मको अभियान सफल नभएपछि कैलालीमा यसवर्ष ११औं पटक अभियान सञ्चालन गरिँदै छ ।
पटक–पटक अभियान सञ्चालन गरे पनि औषधी सेवनकर्ताको प्रतिशत बढ्न नसक्दा एघारौँ पटक अभियान चलाउन लागेको स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ ।
स्वास्थ्य कार्यालय, कैलालीका अनुसार हात्तीपाइले रोग नियन्त्रण गर्न यो वर्ष करिब ९ लाख डोज औषधी खुवाइने लक्ष्य छ ।
हात्तीपाइले निवारण भएको जिल्ला घोषणा हुन अन्य जिल्लामा बढीमा ८ पटकसम्म औषधी खुवाइएको भएपनि कैलालीमा दसौँ पटक अभियान सञ्चालन गर्दा पनि सफल हुन सकेन ।
स्वास्थ्यकर्मीले भने यस जिल्लामा सर्वसाधारण त कुरै छोडौँ, सरकारी कर्मचारीले समेत हात्तीपाइलेको औषधी सेवन गर्दैनन् अनि कसरी अभियान सफल हुन्छ भनी गुनासो गर्दै आएका छन् । यस अभियानलाई स्थानीय तहका प्रमुखहरूले पनि गम्भीरताका साथ नलिँदा सफल हुन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्