पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

काठमाडाैं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।

सोमबार दिउँसो भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। माओवादीले स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाएको हो ।

पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने एक नेताले बताए। माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

रास्वपाबाट सभापति रवि लामिछाने यसअघि उपप्रधान एवं गृहमन्त्री थिए। गत शुक्रबार नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै उपप्रधान र गृह मन्त्रीबाट उनले राजीनामा दिएका थिए ।