सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनमा लागूऔषध ब्राउन सुगरसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्युरो शाखाले गण्डकी लाइन स्थित हिरा बैगारको घरमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनामा माइती घर आएकी २८ वर्षीया मालती बैगारलाई पक्राउ गरेको हो ।
उनीबाट ४४० मिलिग्राम लागूऔषध, ८४ हजार १ सय रुपैयाँ र २ वटा टर्च मोबाइल बरामद गरेको छ ।
बैगारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्