भगवती भण्डारी, कोहलपुर ।
बाँकेको कोहलपुरमा नगरपालिकामा ‘एसईई माेक टेष्ट’ परीक्षा सुरू भएको छ । रुम टु रिड र कोहलपुर नगरपालिकाको समन्वय र सहकार्यमा आइतबारदेखिकोहलपुरमा ‘एसईई माेक टेष्ट’ परीक्षा सुरू भएको हो ।
माघ १५ देखि २३ गतेसम्म हुन लागेको एसईई परिक्षामा परिक्षार्थीहरुले परीक्षाप्रतिको डर, त्रास नहोस्, परीक्षामा कस्ता मोडलका प्रश्नहरु आउँछन् र ती प्रश्नहरुको उत्तर कसरी लेख्ने भन्ने बारे जानकारी दिन र आत्माविश्वास बढाउने उद्देश्यका साथ रुम टु रिड बाँके कार्यालयका वरिष्ठ फिल्ड कार्यक्रम प्रवन्धक खड्ग बहादुर कुवँरले बताए । कोहलपुर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले ‘एसईई माेक टेष्ट’ परीक्षाको अनुगमन गरेका छन् ।

कोहलपुरमा रहेका १२ वटा सामुदायिक विद्यालयमा ‘एसईई माेक टेष्ट’ परीक्षा सुरू भएको छ । जसमा ज्ञान ज्योति मावि बगिया, नेपाल राष्ट्रिय माबि निवुवा खडकवार, सरस्वति सेकेन्डरी स्कुल, ज्ञान ज्योति मावि चप्परगौडी, त्रिभुवन नमूना मावि, सिद्दार्थ सेकेन्डरी स्कुल, जनज्ञानज्योति सेकेन्डरी, सगरमाथा ज्ञानपुन्ज मावि, कृष्ण मावि, जनता मावि मैटहवा, लक्ष्मी मावि बर्दहवा र राम मावि हवलदारपुरमा ‘एसईई टेष्ट’ परीक्षा सुरू भएको छ । कोहलपुरमा एसईइ परीक्षामा छात्रा ८ सय २४ र छात्र ७ सय ७० गरी जम्मा १ हजार ५ सय ९४ जना सहभागि हुनेछन् ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्