कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा रहेको कृष्ण माविमा अध्ययरन विद्यार्थीहरुले न्यायाधीशसंग अन्तक्रिया कार्यक्रम गरेका छन् ।
कृष्ण माध्यमिक विद्यालयमा अध्ययरत कक्षा ११ र १२ का कानूनका विद्यार्थीहरुले न्यायाधीश कृष्णलाल भट्टराईसंग कानून सम्बन्धी अन्तक्रिया गरेका हुन् ।
विद्यार्थीहरुले न्यायाधीश कृष्णलाल भट्टराईसंग २५ वटा भन्दा बढि जिज्ञासा राखेका थिए । जसमा विद्यार्थीहरुले रवि लामिछानेदेखि निर्मला पन्त सम्मका घटनाका विषयमा जिज्ञासा राख्दै पछिल्लो समयमा भएगरेका लागूऔषध, बलात्कार, यौनहिंसा, घरेलु हिंसा, भष्टाचार लगायत अन्य विविध विषयहरुमा कानूनी प्रक्रिया र कानूनमा उल्लेख भएका दफा र उपदफाहरुका बारेमा प्रश्न गरेका थिए ।
न्यायाधीश कृष्णलाल भट्टराईले दफा उपदफा र कानूनमा भएको विषयबस्तुहरुलाई प्रष्ट रुपमा जानकारी दिँदै समाजमा भएका घटनाहरुलाई कसरी अदालतसम्म पुग्ने र अदालतबाट फैसला कसरी भइरहेको भन्ने सम्मको जानकारी दिएका थिए ।
यस्तै कृष्ण माविमा कानून अध्यापन गराउँदै आएका नरेन्द्र न्यौपानेले बालबालिकालार्ई प्रत्यक्ष रुपमा न्यायाधीशसंग अन्तक्रिया गराउँदा आफुले अध्ययन गरेका विषय र लागू हुने विषयमा थप जानकारी हुने र प्रभावकारी हुने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
यस्तै कृष्ण माविका प्राधानाध्यापक दिलिप वलीले कानूनका विद्यार्थीहरुलाई न्यायाधीशसंगको छलफलपश्चात निकै खुसी भएको बताए । आफुले जानेका तर अलमल परेका विषयहरुलाई समेत कसरी अगाडि लैजाने र अध्यापन गर्दा सहज र सरल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष, वडा सदस्य, बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य लगायतको उपस्थित रहेको थियो ।
काेहलपुर टुडे । १५ माघ २०७९, आईतवार १८:३२