रविचन्द्र पराजुलीको नेतृत्वमा इजोनको नयाँ कार्यसमिति गठन

काठमाडौं ।

रविचन्द्र पराजुलीको शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) को नयाँ कार्यसमिति गठन भएको छ ।

आइतबार भएको इजोनको आठौं अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

अधिवेसनले उपाध्यक्षमा सूर्य पान्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी, कोषाध्यक्षमा मन्जिमा ढकाल निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अर्जुन पोख्रेल, दिनेश गौतम, सुनिता लोहनी लगायत सात जना निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पराजुलीले शिक्षामा हुने विकृति, विसंगतिलाई आलोचनात्मक खबरदारी गर्ने बताए ।