काठमाडौं ।
जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित हुने भएका छन् । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको हो ।
दिउँसो ३ः३० बजे केन्द्रीय समिति बैठक बोलाइएको स्रोतले जानकारी दियो । सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार











प्रतिक्रिया दिनुहोस्