गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला




गुल्मी ।

गुल्मीमा गएराति एक महिलाको हत्या भएको छ । मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए । घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ ।
वडाध्यक्ष हरिहर सापकोटाका अनुसार मृत्यु भएकी महिलाको विवाह भएको छैन । होटेल चलाएर एक्लै बस्थिन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार